
जुवा सचेतना डब्ल्यु ए (Gamble Aware WA)
जुवा सचेतना डब्ल्यु ए (Gamble Aware WA) भनेको जुवाबाट हानिको अनुभव गरिरहेका व्यक्तिहरू र उनीहरूका प्रियजनहरूका लागि परामर्श, सहायता र सूचना सेवा हो। सेवाहरू नि:शुल्क, गोप्य र राज्यव्यापी रूपमा सञ्चालन हुन्छन्।
जुवा सचेतना डब्ल्यु ए (Gamble Aware WA) मार्फत आमनेसामने परामर्श उपलब्ध छ, वा नि: शुल्क टेलिफोन जुवा सहायता सम्पर्क (Gambling Helpline) खुला छ २४/७: १८०० ८५८ ८५८।
अंग्रेजी बाहेक अन्य भाषाहरूमा मद्दत
यदि अंग्रेजी तपाईंको मातृ भाषा होइन भने, सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका लागि सहायता उपलब्ध छ।
तपाईं कस्तो प्रकारको सहायता खोज्दै हुनुहुन्छ?
तपाईंको जुवाको बारेमा कसैसँग कुरा गर्नाले तपाईंको जीवनमा ठूलो परिवर्तन आउन सक्छ। यसले तपाईं र तपाईंका प्रियजनहरूलाई कसरी असर गरिरहेको छ भन्ने बारे राम्रो परिप्रेक्ष्य प्राप्त गर्न र तपाईंलाई दिगो परिवर्तनहरू ल्याउनका लागि कदम चाल्न मद्दत गर्न सक्छ।
फोन लाइन नि:शुल्क छ, २४ घण्टा खुला छ, सबै फोनहरू अज्ञात छन् र ल्यान्डलाइनबाट फोन गर्दा तपाईंको फोन बिलमा सूचीबद्ध गरिने छैन। यदि तपाईं जुवा खेल्नुहुन्न, तर तपाईं जुवाबाट प्रभावित हुनुहुन्छ भने, तपाईं जुवा सम्बन्धी समस्याहरूका बारेमा बुझ्न र तिनीहरूसँग कसरी सम्झौता गर्ने बारे थप जान्नको लागि फोन गर्न सक्नुहुन्छ।
सेन्टरकेयर जुवा सहायता डब्ल्यु ए (W.A)
सेन्टरकेयर जुवा सहायता डब्ल्यु ए (W.A.) जुवाको क्षतिबाट प्रभावित मानिसहरू, उनीहरूका साझेदारहरू र परिवारहरूका लागि नि:शुल्क सेवा हो। यसले जुवाले उनीहरूको जीवनमा पार्ने प्रभावका बारेमा कुरा गर्नका साथै व्यवहार व्यवस्थापन गर्ने नयाँ तरिकाहरू सिक्ने अवसरको लागि सहयोगी वातावरण प्रदान गर्दछ।
आमने सामने सहायता सेन्टरकेयर जुवा सहायता डब्ल्यु ए (Gambling Help WA) को मेट्रो र ग्रामिण गरि नौ जुवा सहायता स्थानहरूबाट उपलब्ध छ: पर्थ, बनबरी, क्यानिंगटन, मिडल्याण्ड, एस्पेरेन्स, गोस्नेल्स, जुन्डलप, कलगुर्ली र मिराबुका। अपोइन्टमेन्ट लिनका लागि फोन गर्नुहोस्।
व्यक्तिगत र दम्पतीहरूलाई परामर्श
नियमित परामर्श सत्रहरू जुवा सम्बन्धित व्यवहारको बारेमा उनीहरूको चिन्ताहरू बारे छलफल गर्नका लागि सो व्यक्तिहरू, उनीहरूका साझेदारहरू वा परिवारका सदस्यहरूलाई प्रस्ताव गरिन्छ।
समूहहरू
सहयोगी समूह वातावरणमा जुवा खेल्ने व्यवहारलाई नियन्त्रण गर्न सीप र आत्मविश्वास प्राप्त गर्न चाहने व्यक्तिहरूले यो कार्यक्रममा पहुँच गर्न सक्छन्। समूह कार्यक्रम १० हप्ता भन्दा बढी चलाइन्छ र संरचित अभ्यासहरू मार्फत सहभागीहरूलाई व्यक्तिगत विकास, अन्तर दृष्टि र सिक्ने अवसर प्रदान गर्दछ।
नियन्त्रण लिनको लागि एउटा राम्रो तरिका भनेको एक वा बढी नामांकित जुवा खेल्ने ठाउँहरू वा अनलाइन सेवाहरूबाट आफूलाई रोक लगाउने, निषेध लगाउने वा प्रतिबन्ध लगाउने निर्णय गर्नु हो। यसलाई स्व-बहिष्करण भनिन्छ।
यदि तपाईं कटौती गर्न चाहनुहुन्छ, विश्राम लिन चाहनुहुन्छ वा सदाको लागि छोड्न चाहनुहुन्छ भने स्व-बहिष्करणले मद्दत गर्न सक्छ। तपाईं कहाँ हुन चाहनुहुन्न भन्ने छनौट गर्नुहोस्। जो कोहीले पनि गर्न सक्छन्, र यो नि: शुल्क छ।
अष्ट्रेलियाका सबै इजाजतपत्र प्राप्त जुवा प्रदायकहरूले स्व-बहिष्करण गर्ने तरिका प्रदान गर्न आवश्यक छ।
तपाईं सिधै सेवा मार्फत वा १८०० ८५८ ८५८ मा जुवा सल्लाहकार मार्फत यसको प्रबन्ध गर्न सक्नुहुन्छ।
तपाईंलाई मद्दत गर्ने यहाँ केही लिङ्कहरू छन् — यदि अनुवाद उपलब्ध छैन भने तपाईंले गुगल ट्रान्सलेट प्रयोग गर्न सक्नुहुन्छ:
BetStop – राष्ट्रिय स्व-बहिष्करण दर्ता (BetStop – the National Self-Exclusion Register™)
BetStop – the National Self-Exclusion Register™ एउटा नि:शुल्क राष्ट्रिय सेवा हो जुन एकै चरणमा सबै अस्ट्रेलियाली इजाजतपत्र प्राप्त अनलाइन र फोन जुत्ता सेवाहरूबाट अलग गर्न सकिन्छ। BetStop बारे थप जान्नुहोस् वा GambleAware WA लाई सम्पर्क गर्नुहोस् यदि तपाईं दर्ता गर्न हाम्रो सहयोग चाहनुहुन्छ भने।
एडब्लक प्लस वेब ब्राउजरहरूका लागि नि: शुल्क एक्सटेन्सन हो जसले विज्ञापनहरूलाई वेब पेजहरूमा देखा पर्नबाट रोक्छ। एडब्लक प्लस ले ब्यानरहरू, युट्युब विज्ञापनहरू, पप-अप हरू र सामाजिक सञ्चार विज्ञापनहरू सहित वेबमा खोजी गर्दा विभिन्न विज्ञापनहरूलाई असक्षम पार्छ।
जुवा सहायता डब्ल्यु ए (Gambling Help WA) ले जुवाको हानिको कारण हुने वित्तीय कठिनाइको प्रभावहरू अनुभव गर्ने जो कोहीलाई पनि नि:शुल्क वित्तीय परामर्श सेवा प्रदान गर्दछ।
जुवा हानिको कारणले गर्दा हुने वित्तीय कठिनाइको प्रभावहरूले तपाईंलाई र तपाईंको परिवारलाई शक्तिहीन, तनावग्रस्त, निराश, चिन्तित र एक्लो महसुस गराउन सक्छन्। तपाईंलाई लाग्न सक्छ कि तपाईंको फर्किने ठाउँ छैन र कसैले मद्दत गर्न सक्दैन। एक योग्य वित्तीय सल्लाहकारसँग कुरा गरेर तपाईंले वित्तीय संकट आउँदा उत्पन्न हुनसक्ने भ्रमको भूलभुलैयाबाट निस्किन सक्नुहुन्छ।