
जुवाडेको मद्दत टास्मानिया (Gambler’s Help Tasmania)
जुवाडेको मद्दत टास्मानिया (Gambler’s Help Tasmania)भनेको जुवाबाट हानिको अनुभव गरिरहेका व्यक्तिहरू र उनीहरूका प्रियजनहरूका लागि परामर्श, सहायता र सूचना सेवा हो। सेवाहरू नि:शुल्क, गोप्य र राज्यव्यापी रूपमा सञ्चालन हुन्छन्।
जुवाडेको मद्दत टास्मानिया (Gambler’s Help Tasmania) मार्फत आमनेसामने परामर्श उपलब्ध छ, वा नि: शुल्क टेलिफोन जुवा सहायता सम्पर्क (Gambling Helpline) खुला छ २४/७: १८०० ८५८ ८५८।
अंग्रेजी बाहेक अन्य भाषाहरूमा मद्दत
यदि अंग्रेजी तपाईंको मातृ भाषा होइन भने, सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका लागि सहायता उपलब्ध छ।
तपाईं कस्तो प्रकारको सहायता खोज्दै हुनुहुन्छ?
एङ्ग्लिकेयर टास्मानिया (Anglicare Tasmania) ले जुवाबाट प्रभावित मानिसहरूका लागि व्यक्तिगत रूपमा विभिन्न निःशुल्क सेवाहरू प्रदान गर्दछ:
- जुवा खेल्ने समस्या भएका मानिसहरूका लागि व्यावसायिक, गोप्य परामर्श
- परामर्श सहित जुवा खेल्ने समस्या भएका व्यक्तिहरू र उनीहरूका परिवार र साथीहरूका लागि सहजीकरण गरिएका सहयोग समूहहरू
- जुवा-सम्बन्धित आर्थिक समस्या भएका मानिसहरूलाई मद्दत गर्न वित्तीय परामर्श
- स्व-बहिष्करण व्यवस्था गर्ने
टास्मानियामा जुवा सम्बन्धित सेवाहरू
जुवाडे मद्दत (Gamblers Help) परामर्श सेवाहरू उपलब्ध छन्:
- बर्नी
- डेभनपोर्ट
- लन्सेस्टन
- ग्लेनोर्की
- सोरेल
- होबार्ट।
पहुँच सेवाहरू शहर बाहिरका स्थानहरूमा पनि उपलब्ध हुन सक्छन्।
१८०० २४३ २३२ मा एङ्ग्लिकेयर टास्मानिया (Anglicare Tasmania) लाई सम्पर्क गर्नुहोस्।
जुवाडे हेल्पलाइन टास्मानियाले (Gambler Helpline Tasmania) फोनमा-आधारित परामर्शका साथै व्यक्तिगत परामर्श सेवाहरूका लागि सिफारिस प्रदान गर्दछ। हेल्पलाइनमा फोनहरू ल्यान्डलाइनहरूबाट नि:शुल्क छन् र तपाईंको फोन बिलमा सूचीबद्ध गरिने छैनन् (यद्यपि मोबाइल बिलहरूमा भने सूचीबद्ध हुन सक्छन्)। जुवाबाट प्रभावित जो कोहीले पनि, अरूको जुवाबाट प्रभावितले सहित, जुवा हेल्पलाइन टास्मानियालाई (Gambling Helpline Tasmania) दिनको २४ घण्टा, हप्ताको ७ दिन फोन गर्न सक्छ।
स्व-बहिष्करणले मानिसहरूलाई जुवा खेल्ने गतिविधिहरू वा स्थानहरूमा उनीहरूको पहुँचलाई सीमित गरेर जुवाको हानिबाट जोगाउँछ।
स्थानमा-आधारित बहिष्करणहरूले मानिसहरूलाई एक वा बढी जुवा स्थानहरूबाट बहिष्कृत गर्न अनुमति दिन्छ। यो जुवा सहायता सल्लाहकार मार्फत व्यवस्थित गरिएको छ। १८०० २४३ २३२ मा एङ्लिकेयर लाई सम्पर्क गर्नुहोस्
अनलाइनमा-आधारित बहिष्करणहरूले मानिसहरूलाई विशेष जुवा कम्पनीको अनलाइन बाजी थाप्ने सेवाबाट बहिष्कृत गर्न अनुमति दिन्छ। यो सामान्यतया एप वा वेबसाइटको सेटिङहरूबाट गर्न सकिन्छ। एङ्लिकेयर ले पनि यस प्रक्रियामा सहयोग गर्न सक्छ।
बहिष्करणबारे थप जानकारीको लागि
BetStop – राष्ट्रिय स्व-बहिष्करण दर्ता (BetStop – the National Self-Exclusion Register™)
BetStop – the National Self-Exclusion Register™ एउटा नि:शुल्क राष्ट्रिय सेवा हो जुन एकै चरणमा सबै अस्ट्रेलियाली इजाजतपत्र प्राप्त अनलाइन र फोन जुत्ता सेवाहरूबाट अलग गर्न सकिन्छ। BetStop बारे थप जान्नुहोस् वा जुवाडेको मद्दत टास्मानिया (Gambler’s Help Tasmania) लाई सम्पर्क गर्नुहोस् यदि तपाईं दर्ता गर्न हाम्रो सहयोग चाहनुहुन्छ भने।
एङ्ग्लिकेयर टास्मानिया (Anglicare Tasmania) ले नि:शुल्क, स्वतन्त्र, गैर-आलोचनात्मक परामर्श प्रदान गर्दछ।
वित्तीय परामर्शले निम्न मद्दत गर्न सक्छ:
- बजेट तोक्न
- ऋण व्यवस्थापन गर्न
- उपभोक्ता क्रेडिट कानून
- ऋण प्रवर्तन अभ्यास
- दिवालियापन
- उद्योग कठिनाइ नीतिहरू
- सरकारी सहुलियतहरू।
सल्लाहकारहरूले तपाईंलाई अन्य उपयोगी सेवाहरूमा पनि सिफारिस गर्न सक्छन्।
१८०० ००७ ००७ मा राष्ट्रिय हेल्पलाइनमा फोन गर्नुहोस् र तपाईंलाई टास्मानियाको वित्तीय सल्लाहकार तर्फा स्थानान्तरण गरिनेछ।
स्व-व्यवस्थापन र सुधार तालिम (स्मार्ट) (SMART) एउटा समूह कार्यक्रम हो जसले मानिसहरूलाई जुवासँग सम्बन्धित व्यवहारहरू परिवर्तन गर्ने आफ्नो लक्ष्यहरू हाँसिल गर्न सहयोगी वातावरण प्रदान गर्दछ।
एङ्लीकेयर टास्मानिया (Anglicare Tasmania) ले लन्सेस्टन, होबार्ट र ग्लेनर्कीमा साप्ताहिक रूपमा नि:शुल्क, आमने-सामने स्मार्ट (SMART) सुधार समूह बैठकहरू आयोजना गर्दछ। अनलाइन बैठकहरू पनि उपलब्ध छन्।
एङ्लीकेयर टास्मानिया (Anglicare Tasmania) मा गएर स्मार्ट (SMART) सुधार समूहको लागि दर्ता गर्नुहोस् वा १८०० २४३ २३२ मा फोन गरेर वा [email protected] मा इमेल मार्फत यी सत्रहरूका बारेमा थप जानकारी लिनुहोस्।
स्मार्ट (SMART) सुधार । एङ्लीकेयर टास्मानिया (Anglicare Tasmania)
परिवार र साथीहरू
अरूको जुवाबाट प्रभावित साथीहरू वा परिवारका सदस्यहरूलाई सहायता गर्न योजना गरिएको स्मार्ट (SMART) सुधार समूह सत्रहरू पनि उपलब्ध छन्।
टास्मानियालीहरू का लागि कानूनी सहायता (Legal Aid) मार्फत कानूनी समर्थन उपलब्ध छ।